युवा संगठनद्वारा ग्लोबल लघुबित्तमा तालाबन्दी

युवा संगठनद्वारा ग्लोबल लघुबित्तमा तालाबन्दी

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडिमा रहेको ग्लोबल आईएमई लघुबित्त बैंकमा तालाबन्दी गरिएको छ ।

नेकपा विप्लव निकट सहायक संगठन युवा संघ नेपालले लघुबित्तको कार्यालयमा तालाबन्दी गर्नुका साथै साईनबोर्डमा आगजनी गरेको जनाएको छ ।

सर्वसाधारणहरुको रकम मनोमानि तरिकाले चलाएको, चर्को ब्याज असुल गर्ने गरेको, जम्मा गरेको पैसा फिर्ता नगरेको कारण बैंकमा तालाबन्दी गरेर साईनबोर्ड जलाईएको युवा संगठन नेपालका केन्द्रिय सदस्य महेश बस्नेतले बताउनुभयो ।

युवा संगठनले आठबिसकोट क्षेत्रका करिब १८ जना सर्वसाधारणहरु लघुबित्तबाट ठगिएको आरोप लगाएको छ । बैंकले १४ वर्षसम्म ग्राहकको खातामा रहेको रकम निकाल्न नपाउने भन्दै किस्ता तिरिसकेका ग्राहकको रकम समेत नदिएको पीडितहरुको आरोप रहेको छ ।

युवा संगठनले पटक पटक रकम फिर्ता गर्न ताकेता गर्दापनि अटेरी गरेकोले तालाबन्दी गर्नुभएको केन्द्रिय सदस्य बस्नेतले बताउनुभयो ।

यस बिषयमा ईलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक बिक्रम सुवेदीले तालाखोल्ने बिषयमा माथिल्लो निकायमा छलफल भईरहेको बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार