जेठ ५ काठमाडौ । बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना संक्रमण भएको पाइएको छ। नरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरि भेरी अस्पतालमा ल्याइएको थियो। जसमध्ये १९२ को परिक्षण गर्दा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको अस्पताल स्रोतले जनाएको छ। बाँकी ८१ जनाको स्वाब परिक्षण हुनेक्रममा रहेको भेरी अस्पताल स्रोतले जनाएको छ ।
बाँकेकाे नरैनापुरमा थप ४७ जनामा देखियो कोरोना संक्रमण
