स्यार्पू महोत्सवको सम्पूर्ण तयारी पुरा

स्यार्पू महोत्सवको सम्पूर्ण तयारी पुरा

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ मा अवस्थित स्यार्पू तालमा आयोजित महोत्सवको तयारी पुरा भएको छ ।

बाँफिकोट गाउँपालिकाको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमको व्यवस्थापनमा भोली देखि सञ्चालन हुने गरी स्यार्पू पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सवको तयारी पुरा भएको बताइएको छ ।

कर्णाली प्रदेशकै पर्यटकीय स्थलका रुपमा रहेको स्यार्पू ताल परिसरमा आयोजना गरिएको महोत्सवको प्रचारप्रसार, मञ्च तथा स्टल व्यवस्थापनको काम पुरा भएको  बताइएको छ ।

महोत्सवको भोली बिहान ११ बजे कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयो ।

स्यार्पू ताललाई चिनाई स्यार्पूको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित महोत्सवको आयोजना गरिएको  अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनक कुमार बाँठाले विगतमा खेलकुद र स्थानीय झाँकी तथा नाचगान सहितको महोत्सव हुने गरे पनि यस वर्ष कलाकार को प्रस्तुतिसहित महोत्सव भव्य बनाउन लागि परेको जानकारी दिनुभयो

भोलीबाट सुरु हुने महोत्सव असोज २१ गतेसम्म सञ्चालन हुने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार