भूकम्पमा परेका सदस्यलाई मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्था कालिमाटी जाजरकोट शाखाले आठ लाख रुपैयाँ बराबरको राहत बितरण गरेको छ । नलगाड नगरपालिका वडा नम्बर १ देखि ७ सम्मका तथा बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका सदस्यलाई संस्थाले राहत दिएको हो ।
पाली, कल्पत, डाँडागाउँ, कैना, चाउलिचौर, करुवा, कट्के, बाङ्गेडाँडा, गराक्ली, औल, भारगाउँ, थाप्ला, लह, खनटाकुरा, कालिमाटी, दल्ली, बारेकोट गाउँपालिका ८ कोल्लेनी गाउँ, सागुतारा गाउँ, रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका चिसापानी, भल्म, घेत्मा, पिपलगैरा र जाजरकोटको भेरी नगरपालिका १ रिम्नाका गरी विभिन्न केन्द्रमा आवद्ध ३ सय ९८ जना पीडितलाई राहत उपलब्ध गराइएको हो ।
भूकुम्प पीडित सदस्यलाई संस्थाको अनुगमन कार्यालय बिरेन्द्रनगर सुर्खेतका अनुगमन अधिकृत जयन्त भण्डारीको उपस्थितिमा राहत वितरण गरिएको हो । मेरोमाइक्रोफाइनान्सले ६४ जिल्लामा १ सय ५० शाखा कार्यालयबाट विभिन्न जिल्लाहरुमा १ लाख ६० हजार भन्दा बढी घरधुरीहरुलाई बित्तीय सेवा दिँदै आएको छ ।