एमालेले बनायो रुकुम पश्चिममा २१५ अस्थायी आवास

एमालेले बनायो रुकुम पश्चिममा २१५ अस्थायी आवास

मुुसिकाेट । रुकुम पश्चिमको भुकम्प प्रभावित क्षेत्रमा खटिएका नेकपा एमालेका स्वयमसेवकले विभिन्न ठाउँमा अस्थाई आवास निर्माण गरेका छन् । अस्थाई आवास निर्माणको लागि विभिन्न जिल्लाबाट रुकुम पश्चिम आएका स्वयमसेवक टिमले जिल्लाको आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाका विभिन्न ठाउँमा अस्थाई आवास निर्माण गरेको हो ।

शनिबार सम्म टाेलिले २१५ घर परिवारको लागि अस्थाइ आवास निर्माण, १६२ भग्नाअबशेस हटाईएको, विभिन्न ठाउँमा विद्यालयका २६ वटा कक्षाकोठा निर्माण, ८ वटा सौंचालय निर्माण र ३५० जनालाई औषोधि उपचार पनि गरिएको नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष नन्दराम दवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार डा. धर्म भट्टराईले भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा दिनुभएको थियो । अहिले रुकुम पश्चिममा मात्रै ४ सय एमालेका स्वयम सेवक खटिएका छन् । अहिले १३ जिल्लाका एमाले स्वयमसेवकले विभिन्न ठाउँमा काम गरिरहेका छन् । त्यस्तै अन्य राजनितिकदलका स्वयमसेवकहरु पनि अस्थाई आवास निर्माणमा लागेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार