भूकम्प प्रभावित क्षेत्रका पत्रकारलाई सञ्चारमन्त्रीद्वारा सहयोग हस्तान्तरण, आजै वितरण

भूकम्प प्रभावित क्षेत्रका पत्रकारलाई सञ्चारमन्त्रीद्वारा सहयोग हस्तान्तरण, आजै वितरण

मुसिकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रुकुम पश्चिमका पत्रकारलाई सहयोग हस्तान्तरण गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, उपाध्यक्ष उदय जिएमलगायतको उपस्थितिमा मन्त्री शर्माले ३० थान स्लिपिङ ब्याग र ३० थान ज्याकेट हस्तान्तरण गर्नुभएको हो ।

भूकम्प प्रभावित र प्रभावित स्थलको रिपोर्टिङमा रहेका पत्रकारलाई सहयोग पुगोस् भनेर न्यानो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

यसैबिच सञ्चारमन्त्री शर्माले उपलब्ध गराउनुभएका राहत सामाग्रीहरु आजै जिल्लाका पत्रकारहरुलाई वितरण गरिएको छ । भूकम्प प्रभावित र प्रभावित क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारहरुलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको पत्रकार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।

भूकम्पको कारण रुकुम पश्चिममा ३० बढी पत्रकारहरु प्रभावित भएका छन् भेन एक वटा रेडियो पूर्ण रुपमा क्षति भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार