पत्रकार महासंघद्वारा सञ्चारमन्त्री समक्ष १२ बुँदे माग पत्र पेश

पत्रकार महासंघद्वारा सञ्चारमन्त्री समक्ष १२ बुँदे माग पत्र पेश

मुसिकोट । नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा समक्ष १२ बुँदे माग पत्र पेश गरिएको छ । भूकम्प प्रभावित क्षेत्रका संचारकर्मी, सञ्चारमाध्याम र दुरसञ्चारको अवस्था निरीक्षणको लागि रुकुम पश्चिम आउनुभएका मन्त्री समक्ष विभिन्न माग राखिएको हो ।

आईतबार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीले मन्त्री शर्मालाई माग पत्र पेश गर्नुभएको हो । अध्यक्ष केसीका अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा समक्ष भूकम्पबाट क्षति पुगेका संचार माध्यामको भवन निर्माण र उपकरण खरिदमा सहयोग र भूकम्प प्रभावित पत्रकारहरुलाई सहुलियत दरमा उपकरण खरिदको व्यवस्था गरिदिन माग गरिएको छ ।

त्यसैगरी भूकम्प प्रभावित क्षेत्रका सञ्चार माध्यामहरुको नविकरणमा लाग्ने शुल्क छुट गरिदिन र सूचना विभागद्वारा यस क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्ने व्यवस्थाका लागि महासंघले माग गरेको छ ।

महासंघ रुकुमपश्चिम शाखाले कर्णाली प्रदेशका सञ्चारकर्मीहरुको क्षमता अभिबृद्धि तथा सञ्चार माध्यामको सबलिकरणका लागि बिशेष प्याकेजको माग गरेको छ भने प्रभावित क्षेत्रका सञ्चार माध्यामलाई ईन्टरनेट र बिद्युत सेवा निशुल्क गरिदिने व्यवस्थाका लागि समेत माग गरेको छ ।

प्रभावित पत्रकारहरुको लागि मनोसामाजिक सेवा लक्षित कार्यक्रम, फेलोसिप लक्षित कार्यक्रम, पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बिमाको निरन्तरता, जिल्लाका विज्ञापनहरु स्थानीयस्तरका मिडियालाई नै दिनुपर्ने नीतिगत व्यवस्थाको माग पनि गरिएको छ ।

जिल्ला अध्यक्ष केसीले पत्रकारहरुको न्युनतम पारिश्रमिक राज्यले कडाईका साथ लागु गर्नुपर्ने र अनलाईन मिडियाहरुको उचित व्यवस्थापन तथा लोककल्याणकारी बिज्ञापनको लागि पहल गरिदिन माग गरेको जानकारी दिनुभयो ।

जिल्लामा आठ वटा रेडियो, दुई वटा साप्ताहिक पत्रिका, एक वटा मासिक पत्रिका, चार वटा अनलाईन मिडिया सञ्चालनमा रहेको बताईएको छ । भूकम्पको कारण ३० जना पत्रकार प्रभावित भएको, एक वटा रेडियो पूर्ण रुपमा क्षति भएको अध्यक्ष केसीले जानकारी गराउनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार