रुकुमबाट पहिलाेपटक गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

रुकुमबाट पहिलाेपटक गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

मुसिकोट । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पहिलो पटक गैरआवासीय नेपाली नागरिकलाई नागरिकता प्रदान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार दुई जना गैरआवासीय नेपाली नागरिकलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको हो ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर ५ घर भई घर भई हाल संयुक्त राज्य अमेरिका बस्नुहुने खड्क बहादुर पुन मगर र हिरा पुन मगरलाई गैरआवासीय नागरिकता प्रदान गरिएको प्रजिअ पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालको संविधान, नेपाल नागरिकता ऐन तथा नियमावलीले व्यवस्था गरे बमोजिम नै कार्यालयले पहिलो पटक गैर आवासीय नेपाली नागरिकलाई नागरिकता प्रदान गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार