भूकम्प पीडितका लागि रास्वपाले बनायो २०३ अस्थायी आवास

रुकुुम पश्चिम र जाजरकोटमा

भूकम्प पीडितका लागि रास्वपाले बनायो २०३ अस्थायी आवास

रुकुुम पश्चिम र जाजरकोटमा

राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा मुसिकोटमा आयोजित पत्रकार सम्मेलन ।

मुसिकोट । भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम र जाजरकोटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अस्थायी आवास निर्माण गरेको छ ।

आज मुसिकोटमा रास्वपाले पत्रकार सम्मेलनको आयोजना गरेर दुई जिल्लामा २०३ वटा अस्थायी आवास निर्माण गरेको जनाइएको छ ।

रास्वपाका कर्णाली प्रदेश इन्चार्ज पवनराज देवकोटाका अनुसार मृतक परिवार, अपाङ्ग, एकल महिला, सुत्केरी, ज्येष्ठ नागरिक, वृद्ध वृद्धालाई प्राथमिकता दिएर अस्थायी आवास निर्माण गरिएको हो । दुई जिल्लामा आजसम्म मृतक परिवारका लागि २०, अपाङ्गका लागि २०, एकल महिलाका लागि २८, सुत्केरीका लागि २१, ज्येष्ठ नागरिकका लागि २० र दीर्घ रोगीका लागि ३ वटा अस्थायी आवास निर्माण गरिएको हो ।

रास्वपाले रुकुम पश्चिम र जाजरकोटमा शिविर मार्फत दुई हजार सात सय जनालाई स्वास्थ्य सेवा, बालबालिका र अभिभावक गरी ३३७ जनालाई न्यानो कपडा र खानेकुरा, अस्पतालमा विभिन्न स्वास्थ्य उपकरण उपलब्ध गराएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा जाजरकोटको कुसे गाउँपालिकाका ३९६ दलित, बृद्ध, सुत्केरी तथा बालबालिकालाई न्यानो कपडा, भेरी, नलगाड नगरपालिका र सल्यानको दार्मा गाउँपालिकाका १२१ जना सुत्केरी तथा गर्भवती महिलालाई न्यानो कपडा वितरण गरिएको छ ।

त्यस्तै जिल्लाको आठबिसकोट नगरपालिका १३ का २२ घर परिवारलाई डसना, सोहि वडाको आधारभूत विद्यालयमा १०६ जना, बाल विकास केन्द्र ठुला बगरका ३० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण, सानीभेरी गाउँपालिका वडा नम्बर ४ खालचौरमा ५१ जना विद्यार्थीहरुलाई न्यानो कपडा, कपि, कलम सहित १५० जना अभिभावकहरुलाई समेत न्यानो कपडा र खानेकुुरा वितरण गरिएको रास्वपाले जानकारी गराएको छ ।

पार्टीका तर्फबाट प्रदेश इन्चार्ज देवकोटा सहित रास्वपा नेता पुस्तक चन्द, पार्टीका कर्णाली प्रदेश योजना तथा नीति तर्जुमा विभाग प्रमुख इन्जिनियर मानबहादुर शाही, विदेश विभागका सदस्य रत्नबहादुर विश्वकर्मा लगायतको टोली खटिएको बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार