काठमाडौँ । सरकारले सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुनलाई नियुक्त गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सांस्कृतिक संस्थानको महाप्रबन्धकमा सानीभेरी गाउँपालिका– ६ रूकुम पश्चिमका पुनलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
पुन लामो समयदेखि संगीत क्षेत्रमा हुनुहुन्छ ।