रुकुम पश्चिममा सरकारी अनुदानबाट १६ हजार ३४६ आवास निर्माण

रुकुम पश्चिममा सरकारी अनुदानबाट १६ हजार ३४६ आवास निर्माण

मुसिकोट । रुकुम पश्चिममा भूकम्प प्रभावित परिवारहरुका १६ हजार अस्थायी आवास निर्माण भएका छन् । सरकारी अनुदान प्राप्त गरेका जिल्लामा हालसम्म १६ हजार ३४६ वटा अस्थायी आवास निर्माण भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार ७ हजार ४९७ वटा आवास निर्माणकै क्रममा रहेका छन् ।

जिल्लाको चौरजहारी नगरपालिकामा ३ हजार ३५४ अस्थायी आवास निर्माण भएका छन् भने २ हजार २२९ वटा निर्माण भइरहेका छन् । आठविसकोट नगरपालिकामा ५ हजार ४८३ अस्थायी आवास निर्माण भएका छन भने २ हजार ८७० वटा निर्माण भईरहेको छन । मुसिकोट नगरपालिकामा पनि हालसम्म ७० वटा अस्थायी आवास निर्माण भएका छन् भने १२ वटा निर्माण भईरहेका छन् ।

त्यसैगरी सानीभेरी गाउँपालिकामा ४ हजार ४८२ वटा अस्थायी आवास निर्माण सम्पन्न भएको र १ हजार ५८९ वटा निर्माण हुँदै गरेको प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार त्रिवेणी गाउँपालिकामा २ हजार २६ वटा अस्थायी आवास निर्माण भएका छन् भने ५०३ वटा आवास निर्माणको चरणमा छन् । बाँफिकोटमा गाउँपालिकामा ९३१ वटा लाभग्राहीका लागि अस्थायी आवास निर्माण भएका छन् भने २९४ वटा निर्माण भईरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार हालसम्म २९ हजार  ४ सय छ जना लाभग्राहीको लागि पहिलो किस्ता बापतको उक्त रकम पठाइएको छ । पठाइएको उक्त रकमबाट स्थानीय तहले २६ हजार ५७३ जना लाभग्राहीको खातामा ६६ करोड ४३ लाख २५ हजार रुपियाँ जम्मा गरिसकेका छन् ।

चौरजहारी नगरपालिकामा ६ हजार २७९ जना लाभग्राहीको लागि १५ करोड ६९ लाख ७५ हजार रुपियाँ पठाइएकोमा ६ हजार १६५ जना लाभग्राहीको खातामा २५ हजार रुपियाँका दरले रकम जम्मा भइसकेको छ।

त्यसैगरी आठबीसकोट नगरपालिकामा ९ हजार ७३२ जना लाभग्राहीको लागि २४ करोड ३३ लाख रुपियाँ पठाएको छ भने नगरपालिकाले ९ हजार ६६७ जना लाभग्राहीको खातामा २४ करोड १६ लाख ७५ हजार रुपियाँ जम्मा गरिसकेको छ ।

मुसिकोट नगरपालिकामा १ हजार ६६० जना लाभग्राहीको लागि पठाएको ४ करोड १५ लाख  रुपियाँ मध्ये ८५८ जनाको खातामा मात्र पहिलो किस्ताको रकम जम्मा भएको छ ।

सानीभेरी गाउँपालिकामा ५ हजार ९२१ जना लाभग्राहीको लागि १४ करोड ८० लाख २५ हजार रुपियाँ पठाइएको छ भने गाउँपालिकाले ५ हजार ४३२ जनालाई पहिलो किस्ताको रकम दिईसकेको छ ।

त्रिवेणी गाउँपालिकामा ४ हजार ११५ जना लाभग्राहीको लागि जिल्ला विपद् कोषबाट प्राप्त १० करोड २८ लाख ७५ हजार रुपियाँ  मध्य २ हजार ७५२  जनाको लागी ६ करोड ८८ लाख रुपियाँ खातामा गएको छ।

बाँफिकोट गाउँपालिकामा १ हजार ६९९ जना लाभग्राहीको लागि पठाइएको ४ करोड २४ लाख ७५ हजार रुपियाँ सबै लाभग्राहीको खातामा पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार