राष्ट्रपति रनिङ शिल्डको उपाधी त्रिजमावि लाई

राष्ट्रपति रनिङ शिल्डको उपाधी त्रिजमावि लाई

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिभुवन जनता माध्यमिक विद्यालयले प्राप्त गरेको छ ।

मुसिकोट नगरपालिका, नगर शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको शिल्डमा मुसिकोट नगरपालिकाका १९ वटा विद्यालय र अतिरिक्त क्रियाकलापमा ६५ वटै विद्यालयहरूको सहभागिता रहेको थियो।

आयोजक समितिका संयोजक भक्तबहादुर खड्काका अनुसार पुष २५ गतेदेखि मुसिकोट नगरपालिका ६ ट्याखोला खेल मैदानमा सञ्चालित प्रतियोगितामा सबैभन्दा बढी २३ स्वर्ण, ५ रजत र ८ कास्य पदक सहित त्रिभुवन जनता माध्यमिक विद्यालयले उपाधि प्राप्त गरेर पहिलो भएको हो ।

त्यसैगरी ७ स्वर्ण, ७ रजत र ५ कास्य पदक प्राप्त गरेको महेन्द्र माध्यमिक विद्यालय छिवाङ चौतारा दोस्रो भएको छ भने ६ स्वर्ण, ५ रजत र १० कास्य सहित जनकल्याण माध्यमिक विद्यालय काँसपोखरी तेस्रो भएको छ ।

प्रतियोगिताहरु समापन भएसँगै आज राष्ट्रपति रनिङ शिल्ड तथा नगर प्रमुख अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण गरिएको छ । बालमन्दिरमा एक कार्यक्रम आयोजना गरि प्रमाणपत्र, मेडल, ट्रफि तथा नगद सहित पुरस्कृत गरिएको हो ।

आयोजक समितिका संयोजक भक्तबहादुर खड्काको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको भने कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतको आतिथ्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार