चौरजहारीमा इलाका प्रशासन कार्यालय

चौरजहारीमा इलाका प्रशासन कार्यालय

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर २ मा इलाका प्रशासन कार्यालयको प्रारम्भ भएको छ। सोमबार पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गर्नुभएको हो ।

२०७९ चैत्र ६ गतेको मन्त्रीपरिषदको बैठकले चौरजहारीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

कार्यालय उद्घाटन भएसंगै आवश्यक प्रशानिक ब्यबस्था गरेर चाडै नै सेवा सुरु गरिने बताईएको छ । इलाका प्रशासन कार्यालयबाट नागरिकता, नाबालक परिचय पत्र, विभिन्न प्रकारका सिफारिस लगायतका सेवा प्रवाह हुने कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा, कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादी, पूर्व नगर प्रमुख बिशाल शर्मा, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकाय, सरकारी कार्यालयका प्रमुख लगायतको आतिथ्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार