कर्णालीमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

राष्ट्रिय सभा निर्वाचन

कर्णालीमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

राष्ट्रिय सभा निर्वाचन

विजयी विष्णु विक, सावित्री मल्ल र कृष्णबहादुर रोकाय ।

राष्ट्रिय सभा सदस्य पदमा कर्णाली प्रदेशबाट सत्तारुढ गठबन्धन दलका उम्मेदवार विजय हुनुभएको छ । बिहीबार सम्पन्न निर्वाचनमा फराकिलो मतान्तरले गठबन्धनका उम्मेदवार विजयी हुनुभएको हो ।

गठबन्धन दलबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय, नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल र नेकपा माओवादी केन्द्रका विष्णु विक विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

रोकायले तीन हजार ८७० मतभार प्राप्त गर्नुभएको छ । उहाँले ३० प्रदेश सभा सदस्य बराबर एक हजार ५९० मतभार र १२० स्थानीय तह मतदाता बराबर दुई हजार २८० मतभार प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका डिल्ली प्रसाद भट्टराईले एक हजार २१४ मतभार लिनुभयो । उहाँले १० प्रदेश सभा सदस्य बराबर ५३० मतभार र ३६ स्थानीय तह मतदाता बराबर ६८४ मतभार प्राप्त गरी पराजित हुनुभयो ।

महिलातर्फ विजयी हुनुभएकी मल्लले तीन हजार ७१९ मतभार प्राप्त गर्नुभएको छ । उहाँले २९ प्रदेश सभा सदस्य बराबर एक हजार ५३७ मतभार र ११५ स्थानीय तह मतदाता बराबर दुई हजार १८५ मतभार प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका विमला शाहीले एक हजार ३६२ मतभार लिनुभयो । उहाँले ११ प्रदेश सभा सदस्य बराबर ५८३ मतभार र ४१ स्थानीय तह मतदाता बराबर ७७९ मतभार प्राप्त गरी पराजित हुनुभयो ।

यस्तै, दलिततर्फ विजय हुनुभएका विष्णु विकले तीन हजार ८१७ मतभार प्राप्त गर्नुभएको छ । उहाँले ३९ प्रदेश सभा सदस्य बराबर एक हजार ५३७ मतभार र १२० स्थानीय तह मतदाता बराबर दुई हजार २८० मतभार प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका हिक्मत विकले एक हजार ३६७ मतभार लिनुभयो । उहाँले ११ प्रदेश सभा सदस्य बराबर ५८३ मतभार र ३६ स्थानीय तह मतदाता बराबर ६८४ मतभार प्राप्त गरी पराजित हुनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार