संयुक्त एम्बुलेन्स चालक संघको अध्यक्षमा कृष्णकुमार ददेल चयन

संयुक्त एम्बुलेन्स चालक संघको अध्यक्षमा कृष्णकुमार ददेल चयन

मुसिकोट । संयुक्त एम्बुलेन्स चालक संघ नेपाल जिल्ला शाखा रुकुम पश्चिमको नयाँ कार्यसमिति चयन भएको छ ।

बिहिबार सम्पन्न भएको संघको छैठौँ साधारण सभा तथा बार्षिक उत्सवको अवसरमा कृष्णकुमार ददेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

संघको उपाध्यक्षमा देवबहादुर बुढाथोकी, सचिवमा विजय बस्याल, सह–सचिवमा बालाराम खत्री, कोषाध्यक्षमा गंगे पुन रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा सोविराम खड्का, प्रेमप्रकाश पनु, मनविर खत्री, प्रवि विक, पारस कसेरा र टेकबहादुर पुन रहनुभएको छ ।

जिल्ला अध्यक्ष कृष्णकुमार ददेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संंयुक्त एम्बुलेन्स चालक संघका केन्द्रिय अध्यक्ष नवराज लामिछाने, स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक डा शुसिल पोख्रेल , मुसिकोट नगरपालिका वडा नम्बर २ का अध्यक्ष दिनेश खड्का, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

वार्षिकोत्सव एंव स्थापना दिवसको अवसरमा संयुक्त एम्बुलेन्स चालक संघलाई सहयोग पुर्याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालक पत्रकार देवकुमार ओलीले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार