को हुन् राष्ट्रिय सभा सदस्यमा निर्वाचित कृष्णबहादुर रोकाया

को हुन् राष्ट्रिय सभा सदस्यमा निर्वाचित कृष्णबहादुर रोकाया

राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुकुम पश्चिमका कृष्णबहादुर रोकाय नेपाल विद्यार्थी संघ रुकुमका संस्थापक अध्यक्ष हुनुहुन्छ। नेपाली काँग्रेसको कर्णाली प्रदेश महामन्त्री समेत रहनुभएका राेकायको राजनीतिक यात्रा बहुदल स्थापना भएपछि सुरु भएको हो ।

दुई कार्यकाल नेपाल विद्यार्थी सघ (नेविसंघ) रुकुमको अध्यक्ष हुनुभएका रोकाय २०५३ सालदेखि २०५७ सम्म नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य हुँदै दसौँ महाधिवेशनमा नेपाली कांग्रेसकाे महाधिवेशन प्रतिनिधि हुँदै जिल्लाको पार्टी सचिव बन्नुभएको थियो ।

माओवादीको आधार इलाका मानिने रुकुममा उहाँले दुई वटा संसदीय चुनावमा पनि भाग लिनुभयो । २०७० को संविधान सभा निर्वाचनमा रुकुम (१) बाट चुनाव लडनु भएको थियो भने २०७४ मा रुकुम पश्चिम प्रदेश सभा (क) बाट चुनाव लडनु भएको थियो । तर, दुबै निर्वाचन उहाँ पराजित हुनुभयो । प्रतिनिधि सभामा कांग्रेसको प्रतिनिधित्व हुन नसकेका बेला आफूलाई पार्टीले राष्ट्रिय सभामा पुर्‍याएको प्रति उहाँ खुसी हुनुहुन्छ।

रोकाय राजनीतिक आन्दोलनकै क्रममा एक हप्ता जेल समेत पर्नुभएको थियो। उहाँ २०६२–०६३ मा दोस्रो जनआन्दोलनको बेला सक्रिय भएर लाग्दा हिरासतमा पुग्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार