पत्रकार कलेन्द्र सेजुवालको ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक

पत्रकार कलेन्द्र सेजुवालको ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक

नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालको अनुसन्धानमूलक पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ । शनिबार नेपाल पत्रकार महासंघको सभाहलमा भएको कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पुस्तक लोकार्पण गर्नुभएको हो ।

सो क्रममा उपप्रधान एवम् रक्षामन्त्री खड्काले सञ्चार क्षेत्रले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्ने दायित्वलाई भुल्न नहुनेमा जोड दिनुभयो । राजनीतिक दलका नेताहरुले समेत मिडियामा लगानी गरेको प्रसंग उल्लेख गर्दै उहाँले आफूले कहिल्यैपनि त्यस्तो चासो नराखेको बताउनुभयो ।

अढाई दशकदेखि पत्रकारितामा सक्रिय सेजुवालले पुस्तकमा नेपाली पत्रकारिताको अभ्यासका क्रममा मोफसलमा भएका पत्रपत्रिकाहरुले गरेका कमजोरीहरुलाई केलाउनु भएको छ । मुलत पुस्तकले अखबारका पहिलो पृष्ठमा हुने कमजोरीहरुलाई उठाएको छ ।

लेखक सेजुवालले पत्रकारिताको अभ्यासका क्रममा आफूले भोगेका, देखेका विषयवस्तुलाई सजीव ढङ्गले पुस्तकमा प्रस्तुत गर्ने प्रयास गरेको बताउनु भयो ।

प्रेस फ्रिडम मिडिया प्रालिले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य पाँच सय रुपैयाँ छ । पुस्तक बिक्रीबापत भएको आम्दानीको ५० प्रतिशत रकम खोज पत्रकारितामा हौसला प्रदान गर्नका लागि प्रयोग गरिने लेखक सेजुवालले बताउनु भयो । उहाँले प्रदेश पत्रकारिता पुरस्कार स्थापनाका लागि अक्षयकोष स्थापना गरिने समेत घोषणा गर्नुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार