रुकुम पश्चिममा पशुको भिडियो एक्स–रे सेवा सुरु

रुकुम पश्चिममा पशुको भिडियो एक्स–रे सेवा सुरु

मुसिकोट । पशुको पनि भिडियो एक्स–रे ? सुन्दा अनौठो लाग्न सक्छ । रुकुम पश्चिममा पहिलो पटक अल्ट्रासाउन्ड (भिडियो एक्सरे) गरेर पशुको गर्भ जाँच थालिएको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले बोक्न मिल्ने (पोर्टेबल) अल्ट्रासाउन्ड मेसिन खरिद गरेर कृषकका गोठसम्मै पुगेर वस्तुभाउको गर्भ परीक्षण गर्न थालिएको हो । पशुको भिडियो एक्स–रे सेवा सुरु भएसँगै स्थानीय कृषकहरु खुसी भएका छन् ।

भिडियो एक्स–रे सेवा बाट पशुहरुको बाँझोपनको समस्या र गर्भ परीक्षण गरिने पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख शेरबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यो मेसिन गाई, भैंसी, बाख्रा, भेडा, कुकुर र बिरालोसहित सबैजसो चौपायाको गर्भ परीक्षणमा प्रयोग गर्न सक्ने छ ।

किसानको मागअनुसार यो सेवालाई जिल्लाका सबै स्थानमा पु¥याइने कार्यालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार