रुकुम महोत्सवमा आज ज्योति मगरको प्रस्तुति रहने

रुकुम महोत्सवमा आज ज्योति मगरको प्रस्तुति रहने

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट खलङ्गाको बराहटाकुरामा जारी रुकुुम पश्चिम महोत्सवमा आज कलाकार ज्योति मगर आउने हुनुभएको छ ।

महोत्सवको पाँचौँ दिन आज चर्चित गायिका तथा मोडल ज्योति मगर आउने सह-आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो ।

महोत्सवमा सोमबार चर्चित गायिका एलिना चौहानकाे प्रस्तुति रहेको थियो । फाुगन १८ गतेबाट सुरु भएको महोत्सव फाुगन २८ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

त्यस्तै महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह सहित चर्चित हास्य कलाकार धुर्मुस–सुन्तली लगायतका कलाकार आउने आयोजकले जनाएको छ ।

रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना र कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा शुक्रवार देखि महोत्सव सुरु भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार