सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले भने, ‘पुष्पकमल दाहाल प्रचण्डलाई हामीले दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।’
प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद बनाएका छन् ।

उपसभापति गुरूङले कांग्रेसका मन्त्रीहरूबाट प्रधानमन्त्री दाहाललाई असहयोग नगरेको पनि बताए।

‘मन्त्रीका कारणभन्दा पनि राजनीतिक चलखेल र प्रवृत्तिले गर्दा गठबन्धन परिवर्तन भयो,’ उनले भने, ‘मन्त्री त फेर्न सकिन्थ्यो नि!’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार