चैत २२ गतेदेखि आठबिसकोटमा पर्यटन तथा सांस्कृतिक महोत्सव हुने

चैत २२ गतेदेखि आठबिसकोटमा पर्यटन तथा सांस्कृतिक महोत्सव हुने

मुसिकाेट । रुकुम पश्चिमकाे आठविसकाेटमा ‘आठविसकाेट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सवकाे आयोजना गरिने भएको छ ।

कला साँस्कृति पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमले जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ९ स्थित राडीबजारमा पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव २०८०/०८१ आयोजना गर्ने भएको छ।

महोत्सव यही चैत २२ गतेदेखि बैशाख २ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ ।

महोत्सवको तयारी तीव्र रूपमा भैरहेको आयोजक समितिका संयोजक तुल देवकोटाले जानकारी दिए । करिव १०० वटा स्टल रहने महोत्सवमा विभिन्न स्थानीय उत्पादनका साथै कृषि लगायतको प्रर्दशनी रहने जनाईएकाे छ ।

महोत्सवमा स्थानीय भेषभुषा, कला संस्कृति, खानपान लगायतको प्रर्दशनी गरिने साँस्कृतिक संयोजक देवकोटाले जानकारी दिए।

महोत्सवको समयमा राष्ट्रिय तथा स्थानीय कलाकारले विभिन्न सांस्कृतिक प्रस्तुति हुने आयोजकले जानकारी गराएका छन्। यस्तै शनिबारदेखि महोत्सवको प्रचार–प्रसार सुरु गरिएको जनाईएकाे छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार