बनगाउँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बनगाउँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

दाङ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था बनगाउँ दाङले वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बनगाउँ दाङ मा  उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे । कार्यक्रममा शाखाको वार्षिक प्रगति विवरण प्रस्तुत गरिएको थियो । प्रगति विवरण प्रस्तुत गर्दै प्रमुख झनक राज ओझाले २०७४ मा स्थापना भएको यस संस्थामा एक हजार बढी सदस्य रहेका छन ।
प्रमुख ओझाले १ करोड ५९ लाख बचत भएको, तीन स्थानीय तहमा शाखा कार्यालय स्थापना गरिएको, ११ करोड कर्जा वितरण गरिएको र एक हजार बढी  ऋणी रहेको बताईएका छ । यसका साथै उहाँले सहभागीहरूलाई वित्तीय संस्थाको बारेमा समेत स्पष्ट पार्नुभयो। साथै नियमित लगानी गर्ने ४ वटा समूहहरूलाई पुरस्कृत समेत गरिएको थियो ।
कार्यक्रममा संस्थाका शाखा प्रमुख झनक राज ओझा, अनुगमन अधिकृत तर्क बहादुर रावल लमही नगरपालिका वडा ३ वडा सदस्य सुमन अधिकारि , प्रहरी सहायक निरीक्षक इन्द्र बहदुर डाँगि लगायतको सहभागिता थियो भने कार्यक्रमको संचालन कर्मचारी कृष्ण खत्रीले गर्नुभएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार