प्रभु बैंकका अपरेशन ईन्चार्ज शाह पक्राउ

प्रभु बैंकका अपरेशन ईन्चार्ज शाह पक्राउ

मुसिकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ मा रहेको प्रभु बैंकबाट करोडौ रकम अपचलन गरेको आरोप लागेका बैंककै कर्मचारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालउ रुकुम पश्चिमले आठबीसकोट नगरपालिका ११ का ३१ वर्षीय निरज बिक्रम शाहलाई हिजो पक्राउ गरेको जनाएको हो । शाहलाई हिजो बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १४ जमुनाहबाट प्रकाउ गरेर आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

शाह बिरुद्ध १ करोड ३१ लाख २५ हजार आठविसकोट नगरपालिकाको र अय व्यक्तिको लाखौ रकम हिनामिना गरेको आरोप रहेको छ । उनी बिरुद्ध चलेको बैंकिङ कसूर मुद्धामा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुुसार बैंकमा कार्यरत रहदा आठविसकोट नगरपालिकाको खाताबाट १ करोड ३१ लाख २५ हजार रुपैयाँ अनाधिकृत रुपमा अपचलन तथा दुरुपयोग गरेर शाह फरार रहेका थिए ।

शाहलाई पक्राउ गर्नको लागि उच्च अदालत सुर्खेतबाट फागुन १२ गते पक्राउ अनुमती जारी भई आएकोमा प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेसँग समन्वय गरी हिजो पक्राउ गरेको हो ।

उच्च अदालत वीरेन्द्रनगर सुर्खेतबाट पहिलो पटक दिन ७ को म्याद थप गरी शाहलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार