आठबिसकोट महोत्सवमा आज रामजी खाँडको प्रस्तुति रहने

आठबिसकोट महोत्सवमा आज रामजी खाँडको प्रस्तुति रहने

मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जारी महोत्सवमा आज चर्चित गायक तथा मोडल रामजी खाँडको प्रस्तुति रहने जनाइएको छ ।

नगरपालिकाको वडा नम्बर ९ राडीमा कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको आयोजनामा बिहिबार देखि महोत्सव सुरु भएको हो ।

यस्तै महोत्सवमा विभिन्न स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने कला, संस्कृति, पर्यटन तथा प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो ।

महोत्सवमा चर्चित हास्य कलाकार धुर्मुस सुन्तली, गायक राजु परियार, पशुपति शर्मा, गायिका ज्योति मगर, एलिना चौहान, सिम्रन परियार, टीका सानु लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सव स्थलमा करिब ५० वटा व्यापारिक स्टलहरु रहेको आयोजकले जनाएको छ । महोत्सव बैशाख २ गतेसम्म संचालन हुने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार