यति विल्डर्सले बनाइदियो प्याकुरेलको पक्की घर

यति विल्डर्सले बनाइदियो प्याकुरेलको पक्की घर

घरको साँचो हस्तान्तरण गर्दै ।

मुसिकोट । निर्माण कम्पनी यति विल्डर्सले आफ्नो कम्पनीमा कार्यरत एक मृतक चालकका परिवारको लागि पक्की घर निर्माण गरिदिएको छ ।

२०७९ साउन ३० गते रुकुम पश्चिमको मुसिकोट नगरपालिका-२ रातामाटामा सडकको काम गर्ने क्रममा एक्स्काभेटर दुर्घटना हुँदा मृत्यु भएका रसुवाको नौकुन्ड गाउँपालिका-३ का ४० वर्षीय मानबहादुर प्याकुरेलका परिवारलाई कम्पनीले घर निर्माण गरेको हो ।

प्याकुरेलको उक्त सडक खण्डमा काम गर्ने क्रममा एक्स्काभेटर सडकबाट खसेर दुर्घटना हुँदा मृत्यु भएको थियो । कम्पनीमा २०७१ साल देखि काम गर्दै आउनुभएका प्याकुरेलको परिवारलाई क्षतिपूर्ति तथा राहत स्वरूप चितवनको रत्ननगर-९ मा घर निर्माण गरिदिएको कम्पनीका सञ्चालक गोर्खबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४३ लाखको लागतमा एक तलाको पक्की घर निर्माण गरिएको छ । उक्त घर बिहिबार हस्तान्तरण गरिएको छ । सञ्चालक केसीले मृतक प्याकुरेलका छोरा आर्यन प्याकुरेललाई घरको साँचो हस्तान्तरण गर्नुभयो हो।

मृतक मानबहादुरले कम्पनीमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै उहाँको परिवारलाई सकेको सहयोग गरेको यति विल्डर्सका सञ्चालक केसीको भनाई छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार