चौरजहारीमा ६४९ जनाको नि:शुल्क आँखा जाँच

चौरजहारीमा ६४९ जनाको नि:शुल्क आँखा जाँच

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ६४९ जनाको नि:शुल्क आँखा जाँच तथा उपचार गरिएको छ ।

चौरजहारी नगरपालिकाको वडा नम्बर १३ र १४ मा रहेका आँखा सम्बन्धी समस्या भएका नागरिकहरूको सहज उपचारका लागि सहिद स्मृति नगर अस्पतालमा शिविर मार्फत निस्शुल्क आँखा जाँच गरिएको हो ।

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालका अनुसार चैत्र १९ गदेदेखि तीन दिनसम्म चलेको शिविरमा २९० जनालाई नि:शुल्क औषधि सहित उपचार प्रदान गरिएको छ । जसमा १४७ जनालाई चश्मा वितरण गर्नुका साथै ५८ जना मोतिविन्दुको समस्या भएका बिरामी रिफर गरिएको छ ।

चौरजहारी नगरपालिकाको आयोजना र नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको समन्वयमा संचालित उक्त शिविरको स्थानीय जनप्रतिनिधि, शिक्षक, वुद्धिजीवि लगायत स्थानीय वासीहरूले सहयोग तथा सहजीकरण गरेका थिए ।

नगरपालिकाले नागरिकहरूको सेवामा सहज पहुँचका लागि स्वास्थ्य शिविर, एकीकृत घुम्ती सेवा लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार