बाँफिकोटमा खाल्डोमा डुबेर एक बालकको मृत्यु

बाँफिकोटमा खाल्डोमा डुबेर एक बालकको मृत्यु

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-४ छिनखेतमा पानी जम्मा भएको खाल्डोमा डुबेका एक बालकको मृत्यु भएको छ ।

बुधवार सांझ खेल्ने क्रममा स्थानीय रुद्र दाहालको घर पछाडि रहेको फोहोर पानी जम्मा हुने खाल्डोमा डुबेका बालकको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा दैलेख भगवतिमाइ गाउँपालका-५ घर भई हाल छिनखेतमा रहेको प्रभु बैंकमा कार्यरत कर्मचारी याम कुमारी थापाका ५ बर्षिय छोरा हिमेश थापा रहेको प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो ।

खाल्डोमा बालक डुबेपछि स्थानीय र प्रहरीको सहयोगमा उद्दार गरी एम्बुलेन्समार्फत जिल्ला अस्पताल सल्ले पुर्याईएको थियो । अस्पताल पुर्याए लगतै अस्पतालले मृत घोषणा गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार