१८ सवारी साधन कारबाहिमा

यातायात व्यवस्था कार्यालय चौरजहारीको छड्के अुनगमण

१८ सवारी साधन कारबाहिमा

यातायात व्यवस्था कार्यालय चौरजहारीको छड्के अुनगमण

मुसिकोट । सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुशासन कायम गर्न भन्दै यातायात व्यवस्थापन कार्यालय चौरजहारीले छड्के अनुगमण गरेको छ ।

बिहिबार बिहान मुसीकोट नगरपालिका– ४ सितलपोखरीमा छड्के अनुगमण गरिएको हो । यातायात व्यवस्थापन कार्यालयले राप्ती राजमार्ग र मध्यपहाडी राजमार्गमा गुड्ने सवारी साधनहरुको जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक कार्यालयको सहकार्यमा छड्के अनुगमण गरेको हो ।

अनुगमणको क्रममा बस तथा मिनिबस १० वटा, जिप तथा कार २ र मोटरसाईल, स्कुटर ६ वटा गरेर १८ वडा सवारी साधन कार्वाहीमा परेको यातायाता व्यवस्था कार्यालय चौरजहारीका प्रशासकीय अधिकृत देवबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार बस तथा मिनि बसबाट १३ हजार ५ सय, जिप तथा कारबाट १ हजार ५ सय र मोटरसाईकल तथा स्कुटरबाट ४ हजार ५ सय रुपैंया जरिवाना गरिएको छ ।

यस्तै १० वटा बस तथा मिनिबस, ६ वटा जीप तथा कार, दुई वटा ट्याक्टर, सात वटा अटो, एक टिपर र ५५ वटा मोटरसाइकल जाँच गरिएको हो । अनुगमणको क्रममा सवारी साधनको यान्त्रिक परिक्षण, आवश्यक कागजात, कागजात नविकरण गरे नगरेको लगायतको अनुगमण गरिएको थियो ।

यस्तै प्रशासकीय अधिकृत चन्दका अनुसार जेठ ७ गते जिल्लाको सानीभेरी गाउँपालिकाको सिम्लिमा पनि छट्के छड्के अनुगमण गरेको थियो । अनुगमणका क्रममा १९ वटा सवारी साधन कारबाहीमा परेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार