मुसिकोट । नेपाली काँग्रेस रुकुम पश्चिमले अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार नेपाली काँग्रेसको पार्टी कार्यालय विपी स्मृति भवन मुसिकोटमा जिल्लास्तरिय अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री एनपी साउद, पार्टीका केन्द्रीय सदस्य डा. डिला संग्रौला, केन्द्रीय सदस्य मान बहादुर नेपाली, केन्द्रीय सदस्य अब्दुल सतार, केन्द्रीय सदस्य गोविन्द बहादुर शाह, केन्द्रीय सदस्य राजिव विक्रम शाह लगायतका नेताहरुको आथित्यता रहेको थियो ।
यस्तै कार्यक्रममा ७३ वटै वडा सभापति, ६ वटा पालिका सभापति लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको प्रवक्ता लालबहादुर ओलीले जानकारी दिनुभयो । कार्यक्रममा पार्टिका नेताहरुले प्रशिक्षणमूलक मन्तव्य राखेका थिए ।
जिल्ला सभापतिमा प्रेम प्रकाश ओलीकोे अध्यक्षतामा सम्पन्न भएको अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रमको सञ्चालन सचिव परमेश्वर भण्डारीले गर्नुभएको थियो ।
