ट्याक्टर दुर्घटना हुँदा चौरजहारीमा एक जनाको मृत्यु, ६ जना घाइते

ट्याक्टर दुर्घटना हुँदा चौरजहारीमा एक जनाको मृत्यु, ६ जना घाइते

मुसिकोट । आज बिहान रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको चौरजहारी नगरपालिका–१२ साना खोला स्थित भित्री सडक खण्डमा सिचाई कुलो निर्माणको लागि ढुुङगा लिएर चौरजहारी जाँदै गरेको क.प्र.०३००१ त०००१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी नवराज पोखरेलका अनुसार दुर्घटनामा परि सोही ठाउँका २५ वर्षीय गोपाल खत्रीको मृत्यु भएको छ । खत्रीको चौरजहारी मिसन अस्पतालमा उपचारको क्रममा मृृत्यु भएको हो ।

यस्तै दुर्घटनामा परेर चौरजहारी नगरपालिका ११ का ९ वर्षीय डिल्ली डाँगी, वडा नम्बर १२ का ४३ वर्षीय बलु जैसी, सोही ठाउँकी १२ वर्षीया कल्पना वली, ४३ वर्षीय शरद शर्मा, २० वर्षीय विकास कुमाइ र ट्याक्टर चालक २३ वर्षीय लक्ष्मण कुमाइ घाईते भएका छन ।

घाइतेहरुको मिसन अस्पताल चौरजहारीमा सामान्य उपचारपछि थप उपचारको लागी नेपालगन्ज रिफर गरिएको छ । ट्याक्टर सडकबाट ८० मिटर तल खसेको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार