जिप्रका रुकुम पश्चिमद्धारा तीन महिने प्रगति प्रतिवेदन सार्वजनिक

जिप्रका रुकुम पश्चिमद्धारा तीन महिने प्रगति प्रतिवेदन सार्वजनिक

मुसिकोट । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पछिल्लो तीन महिनामा सम्पादित मुख्य कार्यहरु सार्वजनिक गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलले पछिल्लो तीन महिनामा सम्पादन गरेका मुख्य कार्यहरुको जानकारी गराउनुभएको हो ।

डिएसपी पोखरेलले यस अवधिमा सचेतनाका कार्यक्रमहरुहरुसँगै कानून कार्यान्वयनका विभिन्न कार्यहरु सम्पादन गरिएको बताउनुभयो । उहाँले जिल्लाका विभिन्न स्थानमा ७९ रोपनी क्षेत्रफलमा लगाईएको अवैध अफिम खेती नष्ट गर्नुका साथै ३९ जना फरार प्रतिवादीहरु पक्राउ गरेको जानकारी दिनुभयो ।

त्यसगैरी यस अवधिमा अनुसन्धानको क्रममा २३ जनालाई पक्राउ गरिएको बताईएको छ । पक्राउ पर्नेहरुम १७ जना पुरुष, दुई जना महिला र चार जना बालक रहेका छन् । डिएसपी पोखरेलका अनुसार तीन महिनाको अवधिमा दुई नाल अवैध हतियार बरामद गरिएको छ भने २४४ वटा नागरिकता सम्बन्धिका मुचुल्का, ४२ वटा नागरिकता थर संशोधनको मुचुल्का बनाईएको छ ।

जिल्ला प्रहरी कार्यालयले तीन महिनाको अवधिमा एक हजार ९४९ सवारी साधनलाई कारबाहि गरेर १४ लाख ७६ हजार रुपियाँ राजश्व संकलन गरेको छ । त्यसैगरी विपद्का घटनाहरुमा ३५० जनाको प्रहरी जनशक्ति परिचालन गरिएको छ भने २८ वटा विपद्का घटनाहरुको मुचुल्का तयार पारिएको छ ।

यस्तो छ प्रगति प्रतिवेदन

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार