त्रिशूलीमा बेपत्ता बस र यात्रुको आज बिहानैदेखि खोज्न शुरू

त्रिशूलीमा बेपत्ता बस र यात्रुको आज बिहानैदेखि खोज्न शुरू

काठमाडौँ । नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट बिहान २ बजेतिर त्रिशूली नदीमा खसेका भनिएका बसहरू अहिलेसम्म फेला परेका छैनन्।

दुई वटा बस र यात्रुको खोजी आज पुनस् सुरु गरिएको छ । खोजीका लागि अहिले सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा पुगिसकेको छ ।

शुक्रबार दिनभरको प्रयासपछि पनि बस र यात्रु फेला परेका थिएनन् । काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् ।

एन्जल डिलक्समा २४ यात्रु र गणपति डिलक्समा ३१ जना यात्रु सवार थिए । गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ रौतहटका नन्द दास, जोगेश्वर राय यादव र सुरज गुप्ता भने प्रहरीको सम्पर्कमा छन् । उनीहरुको भरतपुरका अस्पतालमा उपचार भइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार