के हो एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्र

के हो एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्र

चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय रुकुम (पश्चिम) ले सञ्चालनमा ल्याएको एकीकृत सेवाप्रवाह सञ्चालन केन्द्र
के हो एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्र ?
• नगर कार्यपालिकाको कार्यालयबाट प्रवाह हुने सेवालाई सेवाग्राहीमैत्री बनाउन सञ्चालन गरिएको सेवाप्रवाहको एकीकृत बन्दोबस्त हो । सेवाका लागि कति नम्बर कोठा जाने ? के के कागजात चाहिने ? कसलाई भेट्ने ? भन्ने समस्याको समाधान एकीकृत सेवा प्रवाहले गर्दछ । फाइल बोकेर सम्बन्धित शाखा, उपशाखा, इकाइ / फाँटमा जान आवश्यक छैन । सेवाग्राही प्रतीक्षा कोठामा कार्यसम्पादन भएर सेवा हातमै आइपुग्छ । फाइल ओसारपसारको बन्दोबन्द कार्यालयले आफ्नै जनशक्तिबाट मिलाएको छ । यसलाई व्यवस्थित गर्न एकीकृत सेवाप्रवाह सञ्चालन कार्यविधि, २०८० जारी गरिएको छ ।
एकीकृत सेवा प्रवाहसँग सञ्चालनमा ल्याइएका नवीन पक्षहरू
• विद्युतीय टोकन प्रणाली,
• सेवाप्रवाहको अवस्था तथा प्रगति सम्बन्धी सेवाग्राही प्रतीक्षा कक्षमा सूचना बोर्ड,
• Time Card को सुरुवात,
• कुन शाखा / उपशाखा / फाँट र इकाइसँग सम्बन्धित सेवा हो भन्ने बारे फाइल वर्गीकरण पश्चात् शाखा / उपशाखा / फाँट र इकाइ प्रमुखलाई Notification प्राप्त हुने व्यवस्था,
• सेवाका लागि फाइलको प्रगति बारे सेवाग्राहीलाई अडियोमार्फत् जानकारी,
• सेवा पश्चात् सेवाग्राही सन्तुष्टि सर्वेक्षण,
• गुनासो सुनाइ र साप्ताहिक रूपमा फर्च्यौट गर्ने व्यवस्था ।
(फेसबुकबाट साभार)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार