नेविसंघले राष्ट्रव्यापी लेख प्रतियोगिता गर्दै, सर्वोत्तमलाई ५० हजार पुरस्कार

नेविसंघले राष्ट्रव्यापी लेख प्रतियोगिता गर्दै, सर्वोत्तमलाई ५० हजार पुरस्कार

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मुखपत्र ‘संक्रान्ति’को १३ औं अंक प्रकाशनको तयारी गर्दै सो अवसरमा राष्ट्रव्यापी लेख प्रतियोगिताको घोषणा गरेको छ। ‘८० को दशकः युवा र विद्यार्थी’ नारा दिएर यही विषयवस्तु केन्द्रीत रहँदै लेख प्रतियोगिता आयोजना गर्न लागेको नेविसंघले जनाएको छ।

२०९० सम्मको देशको परिकल्पना गर्दै त्यसका लागि विविध क्षेत्रमा के के गर्नुपर्छ रु भन्ने प्रश्नको उत्तर प्रतिबिम्बित हुनेगरी लेख हुनुपर्ने नेविसंघका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए।

यसमा शिक्षा, स्वास्थ्य, रोजगारी, जलवायु परिवर्तन, पर्यटन, शिक्षा, उद्यमशीलता, नवप्रवर्तन, हरित ऊर्जा, कृषि, राष्ट्रियतालाई विशिष्टीकृत क्षेत्रका रूपमा तोकिएको उनले बताए । यीमध्ये एउटा लेख बढीमा तीनवटा विशिष्टीकरण क्षेत्र केन्द्रीत हुनुपर्ने सेजुवालको भनाई छ।

लेखमा पाँचसय देखि एकहजार दुईसय सम्मको शब्दसीम नेविसंघले तोकिएको छ। साउन ३२ गतेभित्र नेविसंघको इमेलमा लेख आइसक्नुपर्ने समयावधि पनि तोकिएको छ।

सर्वोत्तम लेखलाई ५० हजार पुरस्कार प्रदान गर्ने र २० वटा लेखहरूलाई पुरस्कृत गरिने नेविसंघले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार