जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरमै सर्वोत्कृष्ट, पश्चिम रुकुम चौथो

जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरमै सर्वोत्कृष्ट, पश्चिम रुकुम चौथो

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरिमै सर्वोत्कृष्ट भएको छ । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय रुपन्देहीबीच भएको कार्यसम्पादन सम्झौतामा ९८ अङ्क प्राप्त गर्दै रुपन्देही सर्वोत्कृष्ट भएको हो ।

गृह मन्त्रालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष सुरुआतसँगै कार्यसम्पादन सम्झौता गर्ने गरेका छन् । शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, शासकीय प्रबन्ध, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरणलगायत ६६ वटा सूचकमा १०० पूर्णाङ्कमध्ये रुपन्देहीले ९८  अङ्क प्राप्त गरेको गृह मन्त्रालयले जनाएको छ ।
यस्तै ९७ दशमलव पाँच अङ्कसहित पाल्पा जिल्ला प्रशासन कार्यालय दोस्रो, ९७ दशमलव छ अङ्क प्राप्त गरी बागलुङ तेस्रो भएको छ । यस्तै चौथोमा पश्चिम रुकुम ९७ दशमलव पाँच, पाँचौँमा ९७ दशमलव तीन अङ्कसहित मकवानपुर र पर्वत, छैठौँमा गुल्मी ९७, सातौँमा तेह्रथुम ९६ दशमलव आठ, आठौँमा रोल्पा ९६ दशमलव ७५, नवौँमा सोलुखुम्बू ९६ दशमलव पाँच र ९६ दशमलव चार अङ्कसहित १० औँ नम्बर डडेलधुरा पर्न सफल भएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार