रुकुम पश्चिममा महिला हत्याको आरोपमा युवक पक्राउ

रुकुम पश्चिममा महिला हत्याको आरोपमा युवक पक्राउ

मुसिकोट । रुकुम पश्चिममा एक महिलाको हत्या आरोपमा युवक पक्राउ परेका छन् ।

जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ४ लामाचौरकी ४९ वर्षिय शुसिला मल्लको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चौरजहारी नगरपालिका वडा नम्बर ११ माथिल्लो सर्केनाका २३ वर्षिय प्रेम मल्ललाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो ।

२०८१ साउन २२ गते राती शुसिलाको घरमा हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार मृतक शुसिला र प्रेम  बिचको अवैध सम्बन्धको कारण हत्या गरिएको प्रारम्भिक अनुसनधानबाट खुलेको छ ।

घटनाको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट डिएसपी पोखरेल, इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक नविक मरासिनी र ईलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक इश्वर देव गिरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घटनाको अनुसन्धानको लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी बरिष्ठ नायब निरीक्षक नारायण प्रसाद शर्माको नेतृत्वको बिशेष अनुसन्धान टोली, नेपाल प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश (हाल नेपागञ्ज) प्रहरी निरीक्षक बुद्धि प्रसाद शर्मा र केनाईन शाखा कोहलपुरबाट प्रहरी नायब निरीक्षक बिष्णु पौडेलको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोलीले आएर घटनाको अनुसन्धान सुरु गरेको थियो ।

पक्राउ परेका मल्ललाई रुकुम जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार