जेलबाट बोलाएर सहकारी सञ्चालक कैदीबन्दीसँग सोधपुछ

जेलबाट बोलाएर सहकारी सञ्चालक कैदीबन्दीसँग सोधपुछ

तस्वीर : समिति सभापति शूर्यबहादुर थापाको फेसबुकबाट ।

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले जेलमा रहेका कैदिबन्दीहरुसँग बयान लिएको छ।

सोमबार समितिले सुमेरु सहकारीका शेयर सदस्य राजबहादुर सिंह ,कान्तिपुर सहकारीका अध्यक्ष हिमालय विक्रम मल्ल, आइडल नमूना सहकारीका अध्यक्ष केबी उप्रेती र सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङको बयान लिएको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए।

उनले समितिले दुई दिनदेखि निरन्तर रुपमा सहकारीका सञ्चालक तथा अध्यक्षहरुलाई बोलाएर सोधपुछ गरिरहेको बताए।

उनले सुमेरु सहकारीका शेयर सदस्य सिंहले आफ्नो सम्पत्तिबाट सहकारी बचतकर्ताहरुको बचत फिर्ता गर्ने बताएको उल्लेख गरे।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार