माओवादी विद्रोहलाई कुनै हालतमा ‘जनयुद्ध’ भन्न सकिँदैनः चित्रबहादुर केसी

माओवादी विद्रोहलाई कुनै हालतमा ‘जनयुद्ध’ भन्न सकिँदैनः चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले माओवादी सशस्त्र युद्धलाई ुजनयुद्धु भन्न नसकिने बताएका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले सो युद्धलाई ुजनयुद्धु नभनेको भन्दै असन्तुष्टि जनाएका थिए।

सोही विषयमा टिप्पणी गर्दै अध्यक्ष केसीले सो सशस्त्र युद्ध उग्रवामपन्थी भडकाव भएकाले त्यसलाई ुजनयुद्धु भन्न नसकिने बताए।

पछिल्लो २० महिनामा पदको लागि २ चोटी बालकोट, २ पटक बूढानिलकण्ठ पुग्ने काम ुजनयुद्धुको परिणाम नभएको उनले बताए।

‘टिआरसी विधेयकमा जुन सहमति भएको छ, त्यसप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। माओवादीको नेतृत्वमा भएको सशस्त्र कारबाहीलाई हामीले कहिल्यै पनि ुजनयुद्धु मानेका थिएनौं र त्यसलाई उग्रवामपन्थी भडकाव नै भएको घोषित गरेका थियौं,’ उनले भने।

(न्युज एजेन्सी नेपाल)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार