१८ वर्षीया कौशिलाले जन्माइन् तिम्ल्याहा शिशु

१८ वर्षीया कौशिलाले जन्माइन् तिम्ल्याहा शिशु

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १४ घर भई हाल सानीभेरी गाउँपालिका वडा नम्बर ८ बस्दै आउनुभएकी १८ कौशिला पुनले तीन सन्तानलाई जन्म दिनुभएको छ। मंगलबार सानीभेरीमा गाउँपालिका अस्पतालमा  दुई छोरी र एक छोरालाई जन्म दिनुभएको हो।

सानीभेरी अस्पतालमा कार्यरत स्टाफ नर्स अम्बिका ओलीका अनुसार आज बिहान ८ः१५, ८ः३७ र ९ः०० बजे पुनले तीन बच्चा जन्माउनुभएको हो ।

सुत्केरी व्यथा लागेर आफै अस्पताल पुग्नु भएकी पुनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । सुरुमा जन्मिएका दुई छोरीको अवस्था सामान्य र तौल एक किलो रहेको छ भने अन्तिममा जन्मिएका छोराको तौल नौ सय ग्राम मात्र रहेको छ । तौल पनि कम र श्वासप्रश्वासमा केहि समस्या देखिएपछि बच्चालाई अक्सिजनसहित सुविधासम्पन्न अस्पतालमा आवश्यक समन्वय गरेर पठाईएको उहाँले जानकारी दिनुभयो ।

यस्तै सानीभेरी गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टले सुत्केरी र नवजात शिशुहरुलाई गाउँपालिका एम्बुलेन्स मार्फत अस्पताल ईन्चार्ज कर्णबिर केसीको साथमा नेपालगञ्ज लगिएको अध्यक्ष बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले गर्भवती, सुत्केरी र दैवी प्रकोपमा परेका बिरामी तथा घाईतेहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा दिदै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार