क्रिकेट संघ रुकुम पश्चिमको साधारण सभा सम्मन्न

क्रिकेट संघ रुकुम पश्चिमको साधारण सभा सम्मन्न

मुसिकोट । जिल्ला क्रिकेट संघ रुकुम पश्चिमको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा जिल्ला क्रिकेट संघको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रतिनिधि छनोट लगायतका निर्णय पारित गर्दै बुधबार मुसिकोटमा सम्पन्न भएको हो ।

कार्यक्रममा क्रिकेट संघका जिल्ला सचिव मनिष खड्काले संघले जिल्लामा क्रिकेट खेल विकासको निम्ति गरेका गतिविधि, संघको आर्थिक अवस्था लगायतका विषयमा जानकारी गराउनुभएको थियो । त्यस्तै सभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०/०८१ को लेखा परीक्षण प्रतिवेदनका आधारमा तयार भएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको जिल्ला क्रिकेट संघका अध्यक्ष दीपक बाँठाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सभाले छिट्टै हुने कर्णाली प्रदेश क्रिकेट संघको वार्षिक साधारण सभामा सहभागिताको लागि ४ जना प्रतिनिधि समेत छनोट गरेको छ । दीपक बाँठा, गोपाल लामिछाने, मनिष खड्का र नरबहादुर ओलीलाई प्रतिनिधि छनोट गरिएको संघका जिल्ला अध्यक्ष बाँठाले जानकारी दिनुभयो ।

संघका अध्यक्ष बाँठाको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेश शर्मा र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेल, सशस्त्र प्रहरी प्रमुख मदनबहादुर धानुक, सामाजिक विकास कार्यालयका निमित्त प्रमुख ध्रुव बाँठा, रुकुम उद्योग वाणिज्य संघका उपाध्यक्ष रविन्द्रकुमार विष्ट, जिल्लास्थित खेलकुद संघका प्रमुख तथा प्रतिनिधि, खेलाडी, खेलप्रेमी तथा पत्रकार लगायतको उपस्थिति रहको थियो ।

क्रिकेट संघ कर्णाली प्रदेश सदस्य बालकुमार नकालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संघका जिल्ला सचिव मनिष खड्काले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार