नेपाल पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने

नेपाल पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन आगामी असोज ५ गते हुने भएको छ।

अध्यक्ष विपुल पोखरेलले आइतबार निकालेको विज्ञप्तिमा निर्वाचन मिति असोज ५ गतेलाई तोकिएको उल्लेख छ।

‘महसंघको सबैखाले अभियानमा महत्वपूर्ण साथ, सहयोग र रचनात्मक ऊर्जा दिने सबै साथीहरूप्रति आभार प्रकट गर्दै २०८१ असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँदछु,’ उनले निकालेको विज्ञप्तिमा उल्लेख छ।

नयाँ नेतृत्व चयन प्रक्रिया नियमित हुन नसक्दा आमपत्रकार र महासंघसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने पक्षहरूमा छाएको निराशा र चिन्ता स्वाभाविक रहेको पनि उनले स्वीकार गरेका छन्।

‘महासंघमा लामो समयदेखि बहसमा रहेको सदस्यता शुद्धीकरणमा यो पटक महत्वपूर्ण उपलब्धि हासिल भएको छ। यो पटकको प्रयासवाट भएको सदस्यता शुद्धीकरणले पेशागत शुद्धता र महासंघको शुद्धीकरणका लागि महत्वपूर्ण हुने विश्वास लिएको छु। शुद्धीकरणका क्रममा भएका त्रुटिहरू क्रमशः सच्याउनु पर्ने आवश्यकतासमेत देखेको छु,’ उनले भनेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार