बागलुङमा गाडी दुर्घटना : रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षसहित तीन जनाको मृत्यु

बागलुङमा गाडी दुर्घटना : रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षसहित तीन जनाको मृत्यु

काठमाडौं । बाग्लुङमा सरकारी जिप पल्टिँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । घटनामा उनकै आमा ६१ वर्षीय गोपीमाया बुढाको निधन भएको हो । तीन जनाको मृत्यु भए पनि अन्य एक पुरुषको पहिचान खुलेको छैन ।

शुक्रबार बिहान पौने ९ बजे मध्यपहाडी लोकमार्ग अन्तरगत

बागलुङकाे गलकोट नगरपालिका वडा नम्बर-२ को भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकदेखि ३ सय मिटर तल खसेको थियो । जिपमा सवार २ महिला र १ पुरुषको शव भेटिएको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

उक्त गाडी काठमाडौंदेखि रुकुम पूर्व जाँदै गरेको खुलेको छ । तर गाडीमा सवारमध्ये रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढामगर बाहेक अरुको पहिचान खुलेको छैन ।

घटनास्थलबाट एकजनालाई जीवितै उद्धार गरिएको छ। घाइतेलाई धौलागिरि अस्पतालमा उपचारका लागि ल्याउने क्रम रहेको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार