चौरजहारीमा बजार अनुगमन, म्याद नाघेका सामान जफत

चौरजहारीमा बजार अनुगमन, म्याद नाघेका सामान जफत

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी बजार क्षेत्रमा बजार अनुगमन गरिएको छ ।

आइतबार चाडवाडको बेलामा हुनसक्ने सम्भावित कालोबजारी नियन्त्रण, गुणस्तरहिन सामाग्रीको विक्रि वितरण रोक्न, कानूनी मापदण्डको अवस्था निरीक्षणका लागि संयुक्त बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो ।

बजार अनुगमनको क्रममा मापदण्ड पुरा नगरेका, म्याद गुज्रेको सामान राखेका, आवश्यक कागजात पुरा नगरेका केहि पसलहरुलाई जरिवाना गरिएको छ भने केहिलाई सचेत बनाईएको छ । किराना पसल, हार्डवेयर, चाउमिन उद्योग लगायतमा अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, चौरजहारी नगरपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, ईलाका प्रशासन कार्यालय लगायतको सहभागितामा सयुक्त बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा अधिकांश पसलमा मूल्य सूचि नराखिएको, केहिमा म्याद गुज्रेका सामाग्री रहेको, कुनै पसलले दर्ता प्रक्रिया पुरा नगरेको पाईएको छ ।

अनुगमनको क्रममा कैफियत भेटिएका तीन पसललाई ३० हजार रुपियाँ जरिवाना गरिएको र पाँच हजार ८० रुपियाँ मूल्य बराबरका म्याद गुज्रेका सामाग्री नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जनाउनुभयो ।

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकाल, पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमखु ज्ञानु कुमार शर्मा, घरेलु तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख रमेश ओली, ईलाका प्रशासन कार्यालय चौरजहारीका प्रमुख तोषराज केसी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख विनोद चन्द, चौरजहारी उद्योग वाणिज्य संघका उपाध्यक्ष यदु कुमार आचार्य, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष गोपाल रेग्मी, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार