जाजरकोटमा एक वर्षमै फेरिए चार सिडिओ

जाजरकोटमा एक वर्षमै फेरिए चार सिडिओ

काठमाडौँ । जाजरकोट जिल्लामा एक वर्षको अवधिमा चार जना प्रमुख जिल्ला अधिकारी ९सिडिओ० फेरिएका छन् ।

प्रमुख जिल्ला अधिकारी फेरिइरहँदा भूकम्प प्रभावितको काम प्रभावित भएको छ । प्रजिअ फेरिँदा भूकम्प प्रभावितलाई स्थायी आवास निर्माण, दोस्रो किस्ता वितरणलगायतका काम प्रभावित भएकाले सर्वसाधारणले सरकारसँग असन्तुष्टि जनाएका छन् । भूकम्प प्रभावितको दोस्रो किस्ताको रकम निकासा, संघ, प्रदेश तथा स्थानीय तहबिच सम्पर्क समन्वयमा भूमिका प्रभावकारी रूपमा देखाएका प्रमुख जिल्ला अधिकारीको छोटो समयमै सरुवा भएपछि भूकम्प प्रभावित निराशा छन् ।

२०८० साउन २४ गते पदस्थापन भएका प्रजिअ सुरेश सुनारको २०८० चैत १६ गते सरुवा भएको थियो । त्यसै गरी २०८० चैत ८ मा जाजरकोटको प्रजिअ बनेका ऋषिराज आचार्यको २०८१ असार ९ गतेसम्म कार्यरत रहे ।

२०८१ असार १३ गते पदस्थापन भएका प्रजिअ उमाकान्त अधिकारीको २०८१ कात्तिक ८ गते सरुवा भएको छ । अहिले गृह मन्त्रालयले मेखबहादुर मग्रातीलाई प्रजिअ बनाएर जाजरकोट सरुवा गरेको छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारीको सरुवाको विषयमा जाजरकोटका नागरिक संगठनहरूले विज्ञप्ति निकालेर विरोध जनाएका छन् । पदस्थापन भएको चार महिना पूरा हुन नपाउँदै गृहमन्त्रालयले बिहीवार जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई गृहमन्त्रालयमा सरुवा गरेपछि उनीहरुले विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा नेपाल पत्रकार महासंघ जाजरकोट अध्यक्ष बालकुमार शर्मा, गैर सरकारी संस्था महासंघ अध्यक्ष सहदेव बस्नेत, एम्नेष्टि इन्टरनेशनल संयोजक खम्ब जंग शाह, निर्माण व्यवसायी संघ अध्यक्ष रणबहादुर कार्की, इन्सेक प्रतिनिधि बासुदेव शर्मा, उद्योग वाणिज्य संघका सचिव सूर्य रोकायले हस्ताक्षर गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार