स्थानीय तह उपनिर्वाचन : सानीभेरी ५ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

स्थानीय तह उपनिर्वाचन : सानीभेरी ५ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

फाईल फोटो

मुसिकोट । स्थानीय तह उपनिर्वाचन–२०८१ का लागि रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

शुक्रबार मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश रामप्रसाद बस्यालले औपचारिक रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्नुभयो ।

उपनिर्वाचनका लागि सानीभेरी गाउँपालिका-५ नम्बर वडा कार्यालय लाखुरीबोटमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । अब निर्वाचन व्यवस्थापन सम्बन्धी कार्यसम्पादन यसै कार्यालयबाट हुने बताइएको छ ।

यस वडाबाट निर्वाचित वडा अध्यक्ष अलबहादुर खत्रीको गत वर्ष निधन भएसँगै रिक्त रहेको स्थानमा मंसिर १६ गते निर्वाचन हुन लागेको हो । निर्वाचन कार्यतालिकाअन्तर्गत्  मङ्सिर २ गते आइतबार उम्मेदवरी दर्ता हुनेछ ।

जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीका अनुसार यस वडामा कुल १४ सय ३४ मतदाता रहेका छन् । मतदातामध्ये ७ सय ४४ पुरुष र ६९० महिला रहेका छन् ।

कार्यालय उद्घाटनको क्रममा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश रामप्रसाद बस्याल, सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिँजाली, जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसी, सुरक्षा निकाय,  विभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधिको, जनप्रतिनिधिहरुसमेतको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार