१०२ जना जेष्ठ नागरिक सम्मानित

१०२ जना जेष्ठ नागरिक सम्मानित

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर २ का जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

सोमबार वडा कार्यालयले जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेर १०२ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।

वडा अध्यक्ष दिनेश खड्काका अनुसार सामाजिक सुरक्षा प्राप्त गरिरहेका ६८ वर्ष माथिका १०२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । सम्मानका साथ जेष्ठ नागरिकहरुलाई म्याट र ब्लाङकेट उपहार प्रदान गरिएको थियो । वडा अध्यक्ष खड्काले जेष्ठ नागरिकहरुलाई न्यानोको लागि उक्त उपहार प्रदान गरिएको जानकारी दिनुभयो ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उहाँहरुको विगतको योगदानको सदा कदर हुनुपर्ने बताउनुभयो । वडा नम्वर २ को कार्यालयले जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै उपहार प्रदान गरेर उहाँहरुको योगदानको सम्मान गरेको उहाँको भनाई छ ।

नगर प्रमुख केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्वर २ का पूर्व अध्यक्ष काँशिराम खड्का, वडामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, बुद्धिजीविहरु लगायतको आतिथ्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार