काठमाडौ । रुकुम पूर्वमा तीन जनाको शव फेला परेको छ। हत्या गरिएको अवस्था दुई जना र हत्यामा संलग्न व्यक्तिकाे पनि शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व जनाएको छ।
भूमे गाउँपालिका – ४ तल्लो साकिमका ५१ वर्षीय चन्द्रसिङ पुनमगरले छिमेकी ६० वर्षीय ढाटी बुढा मगर र उनका ८ महिनाका नाती सिजन बुढा मगरलाई खुकुरी प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएकाे छ।
हत्या गरेर भाग्ने क्रममा खाेलामा लडेका चन्द्रसिंहकाे पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी माधवराज खरेलले जानकारी दिए।
‘घटना भएको सूचना पाउनासाथ हामी फिल्डमा खटियाैँ। खोजी गर्दा हत्यामा संलग्न व्यक्तिकाे पनि शव फेला परेकाे छ,’ उनले भने।
फरार रहेका चन्द्रसिङ पुन मगरको खोजतालसका क्रममा खुलखुले खोलामा टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेकाे डिएसपी खरेलले बताए। घटनाकाे कारण खुलेकाे छैन। प्रहरीले घटनाकाे अनुसन्धान जारी राखेकाे जनाएको छ।