काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
कांग्रेसले आइतबार दिउँसो २ बजेका लागि बैठकले बोलाएको महामन्त्री उदयशम्शेर राणाले बताए। उनका अनुसार बैठकमा विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना, पार्टीको आन्तरिक कार्यविभाजन र पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्न लागेको समानान्तर महाधिवेशनका विषयमा छलफल हुनेछ।
समाचार संकलन तथा प्रकाशनकै विषयलाई लिएर प्रहरीले सञ्चारगृहमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको थियो। उक्त घटनाको भत्सर्ना गरेको कांग्रेसले बैठकबाट संस्थागत निर्णय गर्न लागेको हो।
गत असोजमा सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यको कार्यविभाजन गर्न लागेको छ।

