बुटवल–पाल्पा सडकखण्ड सुचारु

बुटवल–पाल्पा सडकखण्ड सुचारु

काठमाण्डौ । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड सुचारु भएको छ ।  पाल्पाको तानसेन नगरपालिका ८ गौडेपुलमा ठूलो ढुङ्गासहित पहिरो खसेपछि शुक्रबार बिहानदेखि बुटवल–पाल्पा सडक बन्द भएको थियो ।

बाटो खुलेपछि रोकिएका गाडी गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिद्धार्थ राजमार्गमा पर्ने गौडेपुलमा ठूला ढुङ्गासहितको पहिरो गएपछि बिहान साढे ५ बजेदेखि सडक बन्द भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार