बर्दियामा २ सय ५० भन्दा बढी घर डुबानमा

बर्दियामा २ सय ५० भन्दा बढी घर डुबानमा

काठमाडौँ । बाढीका कारण बर्दियाका विभिन्न स्थानमा गरी २ सय ५० भन्दा बढी घर डुबानमा परेका छन् । जिल्लाका राजापुर, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाअन्तगर्तका विभिन्न नदी तथा खोला–नालाहरु भरिएर बस्ती डुबानमा परेका हुन् ।

बाढीबाट कुनै मानवीय क्षति नभएपनि जोखिमयुक्त अवस्थामा रहेका व्यक्ति तथा समुदायलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताएका छन ।

कर्णाली नदीमा पानीको बहाब बढेसँगै आएको बाढीबाट बर्दियाको राजापुर नगरपालिका वडा नम्बर–१ सबैभन्दा बढी प्रभावित बनेको छ । सो वडाका मात्रै झन्डै ९० घर डुबानमा परेका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार